टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड काठमाडौं। टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ। वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ। त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन्। कोरोना संक्रमणबाट जोगिन एकअर्काबीच दुरी कायम गर्नुपर्ने भए पनि नियम पालना भएको छैन। खोप लगाएको प्रमाणीकरण टेकु अस्पतालबाट मात्र हुने भएकाले प्रमाणपत्र लिन आउनेहरुले सास्ती बेहोर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्