चीनद्वारा उद्गम स्थानमा कोरोनाको दोस्रो पटक अध्ययन गर्ने डब्लुएचओको प्रस्ताव अस्वीकार सीएनएन।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उद्गम स्थलमा दोस्रोपटक अध्ययनको लागि गरेको प्रस्ताव चीनले अस्वीकार गरेको छ।प्रस्तावमा चीनको वुहानस्थित प्रयोगशालालाई समेटिएको थियो जहाँबाट कोरोना भाइरस लिक भएको शंका अमेरिका लगायतका देशले गर्दै आएका छन्।चीनका राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख जेङ यिक्सिनले यो जानकारी डब्लुएचओलाई दिएका हुन्।दोस्रो चरणको अध्ययनको लागि वुहान प्रयोगशालाको नाम देख्दा आफू आश्चर्यमा परेको प्रतिक्रिया दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्