सर्वेक्षणले भन्छ– भारतमा दुई तिहाईभन्दा बढीमा कोभिड ‘एन्टीबडी’ हुनसक्छ सीएनएन।भारतमा गरिएको एक सर्वेक्षणले त्यहाँ दुई तिहाईमा कोरोनाको ‘एन्टीबडी’ रहेको देखाएको छ।भारत सरकारद्वारा सञ्चालित इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)ले जुन र जुलाईमा गरेको सर्वेक्षणमा उक्त कुरा देखाएको हो।सर्वेक्षण ६ वर्षभन्दा माथिकामा गरिएको थियो।सर्वेक्षणमा सहभागी ६७.६ भारतीयमा कोरोनाको एन्टीबडी देखिएको थियो।सर्वेक्षणमा २१ राज्यका ७० जिल्लामा रहेका २८ हजार ९७५ जनालाई समेटिएको थियो।सर्वेक्षणमा सहभागीमध्ये ६२ प्रतिशतले कोरोना खोप लगाएका थिएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्