स्टक सकिएपछि जोन्सन खोप अभियान स्थगित काठमाडौं।खोप सकिएपछि जोन्सन एण्ड जोन्सनको खोप अभियान रोकिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जोन्सनको खोप अभियान रोकिएको जानकारी दिए। उनले पहिलो दिनमा काठमाडौंमा ६० हजारले जोन्सन खोप लगाएको जानकारी दिए।भेरोसेल खोपको अभियान भने जारी रहने पराजुलीले बताए।प्रशासनले १८ वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भीड बढेको थियो।ललितपुर र भक्तपुरमा भने खोप अभियान जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्