भारत सरकारको आकंलनः ६७ प्रतिशतभन्दा धेरै मानिसमा कोरोनाविरुद्धको एन्टिबडी विकास भइसक्यो एजेन्सी। भारत सरकारले देशभरका ६७.७ प्रतिशत मानिसमा कोरोना भाइरसविरुद्धको एन्टिबडी  विकास भएको बताएको छ। भारत सरकारले गरेको चौथो सीरो सर्वेकाअनुसार भारतभर आधाभन्दा धेरै मानिसमा कोरानाविरुद्ध लड्ने एन्टिबडी को विकास भएको बताइएको छ। साथै ६ देखि ९ उमेर समूहमध्ये ५७.२ प्रतिशतमा र १० देखि १७ वर्ष उमेर समूहमा ६१.६ प्रतिशत मानिसमा एन्टिबडी  विकास भएको भारत सरकारले जनाएको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्