ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै रासस। ललितपुर जिल्लामा आजदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ। ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा सो कम्पनीको खोप लगाइने भएको हो। कोरोना महामारीबाट जोगाउन ५०देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई सो खोप लगाउन लागिएको महानगरले जनाएको छ। त्यस्तै महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य, सरसफाइकर्मी र निषेधाज्ञाका समयमा विदेश जानेलाई पनि खोप लगाइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्