मधुमेह बिरामीको सबैभन्दा ठूलो शत्रु कोरोना भाइरस, अमेरिकामा मात्र २.४० लाख बिरामीको लियो ज्यान एजेन्सी। तथ्याङ्कले मधुमेह बिरामीको सबैभन्दा ठूलो शत्रु कोरोना भाइरस रहेको देखाएको छ। अमेरिकन डायबिटिज एसोसिएसनले कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेमध्ये ४० प्रतिशत मधुमेहका बिरामी रहेको बताएको छ। अमेरिकामा २.४० लाख मधुमेह बिरामीको ज्यान कोरोनाले लिएको छ। अमेरिकामा ६ लाख ८ हजार जनाको मृत्यु हुँदा उक्त संख्यामा मधुमेह बिरामीको पनि मृत्यु भएको हो। अमेरिकामा कूल जनसंख्याको १०प्रतिशतमा मधुमेह रोग रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्