प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्ने काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना भाइरसविरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन्। सोमबारदेखि देशभर जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु हुँदैछ। काठमाडौं उपत्यकाभित्रका केन्द्रहरुको प्रधानमन्त्री देउवाले भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्री देउवाले नागरिकको खोप लगाउन पाउने अधिकारलाई सुनिश्चित गर्दै खोपलाई प्राथमिकतामा राखेको बताउँदै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्