कोरोनाबाट विश्वमा पछिल्लो २४ घन्टामा ६ हजार ६९४ जनाको मृत्यु काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ६ हजार ६९४ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ९३ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ९३९, रुसमा ७६४, कोलम्बियामा ४७६, मेक्सिकोमा २२५, बंगलादेशमा २२५ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ५ हजार ३७१ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्