भारतले महामारी सुरु भएयता नेपाललाई दियो साढे ७७ करोडको स्वास्थ्य सामाग्री काठमाडौं। भारतले महामारी सुरु भएयता नेपाललाई ६५ लाख अमेरिकी डलर (७७ करोड ५० लाख रुपैयाँ)को स्वास्थ्य सामाग्री अनुदानमा दिएको छ। नेपाललाई अनुदानमा अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर, खोप लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गरिएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ। भारतले ११ लाख डोज कोभिशिल्ड खोप अनुदान नेपाललाई उपलब्ध गराएको छ भने आज मात्रै १५० थान आइसीयु बेड उपलब्ध गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्