बहराइनमा रहेका अवैध नेपाली कामदारमध्ये कोरोना खोप लगाउन ५० जनाले मात्र लेखाए नाम काठमाडौं। बहराइनमा रहेका छसय अवैध नेपाली कामदारमध्ये कोरोना खोप लगाउनका लागि मात्र ५० जनाले नामा लेखाएका छन्। खोपको लागि नाम लेखाउँदा पक्राउ परी नेपाल फर्कनुपर्ने डरले उनीहरु नाम नलेखाएको न्यूज अफ बहराइनले आफ्नो समाचारमा उल्लेख गरेको छ। बहराइन सरकारले त्यहाँ रहेका सबै कामदारलाई निःशुल्क खोप उपलब्ध गरेको छ। बहराइनस्थित नेपाली दूतावासले अवैध रुपमा रहेकालाई संकोच नमानी नाम टिपाउन भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्