घुम्ती टोलीमार्फत कागेश्वरीमा कोरोना खोप लगाईने काठमाडौं। कागेश्वरी नगरपालिकामा घुम्ती टोलीमार्फत कोरोनाविरुद्धको खोप लगाईने भएको छ। नगरपालिकाले चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको हो। खोप लागाउन नगरपालिकाले पाँचवटा खोप केन्द्र तय गरेको थियो। तर, संक्रमणदर बढेसँगै नगरपालिकामा खोप केन्द्र अपुग भएपछि घुम्ती टोलीमार्फत खोप लगाइने भएको नगर प्रमुख कृष्णहरी थापाले जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्