अमेरिकामा महामारीबीच एक वर्षमा ड्रग्स ओभरडोजका कारण ९३ हजारको मृत्यु एजेन्सी।अमेरिकामा एक वर्षमा लागूपदार्थको अत्यधिक सेवनका कारण ९३ हजारको मृत्यु भएको छ।यो तथ्याङ्क अमेरिकी सरकारले बुधबार सार्वजनिक गरेको हो।कोरोना महामारीबीच लागुपदार्थको अत्यधिक सेवनबाट ठूलो संख्यामा मानिसको मृत्यु हुनु चिन्ताको विषय भएको ब्राउन यूनिभर्सिटीका जनस्वास्थ्य अनुसन्धानकर्ता ब्रान्डन मार्शले बताए।अघिल्लो वर्ष लागुपदार्थको अत्यधिक सेवनबाट ७२ हजारले ज्यान गुमाएका थिए।अघिल्लो वर्षको तुलनामा यसवर्ष लागुपदार्थको अत्यधिक सेवनबाट २१ हजारभन्दा बढीको मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्