डोटीमा निषेधाज्ञा समय थप, साउन १५ गतेसम्म रहने काठमाडौं। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि डोटीमा जारी निषेधाज्ञा पुनः थप गरिएको छ। गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन१५ गतेसम्मका लागि थप गरिएको हो। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको थियो। निषेधाज्ञाको उल्लङ्घन गर्ने,औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्