स्वास्थ्यचौकी भवन जीर्ण, बर्खायाममा छाता ओढेर बिरामीको उपचार म्याग्दी।बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्यचौकी भवन जीर्ण बनेको छ।स्वास्थ्य चौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र बिरामी छाता ओढेर बस्ने गरेका छन्।स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए।“आफ्नै भवन नभएको र स्वास्थ्यचौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जीर्ण बनेर पानी चुहिन थालेको छ”,उनले भने।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्