जिका भाइरसको संक्रमण भइहालेमा के गर्ने? एजेन्सी। हालसम्म विश्वमा जिका भाइरसविरुद्ध कुनै पनि किसिमको खोप वा औषधी निर्माण भएको छैन। त्यसैले, यसको संक्रमण भइहालेमा सबैभन्दा धेरै आराम आवश्यक हुन्छ। संक्रमण भएका मानिसमा जुन जुन लक्षण देखिन्छन्, त्यसको उपचार गरिन्छ। धेरै पानी पिउने, आराम गर्ने, एस्प्रिन तथा नन स्टेरोइड तथा इन्फ्लेमेटरी औषधीको प्रयोग गर्ने र चिकित्सकको सल्लाहअनुसार उपचार गरिरहने लगायतका उपायहरूले यसको संक्रमण भएमा बचाउन मद्दत गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्