के हुन्छन् जिका भाइरस संक्रमणका लक्षण? एजेन्सी। हाल भारतको केरला राज्यमा जिका भाइरस फैलिरहेको छ। पछिल्लो साता मात्रै त्यहाँ १९ जनामा यसको संक्रमण देखिएको छ। चिकित्सकका अनुसार लामखुट्टेको टोकाईबाट सर्ने जिका भाइरुसको संक्रमण भएमा केहीलाई मात्रै यसको लक्षण देखिन्छन्। आँखा रातो हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, हल्का ज्वरो आउने जस्ता लक्षण यसको संक्रमण भएमा देखिन्छ। यो लक्षण थोरै मात्रामा मात्रै देखिने चिकित्सकहरुको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्