जापानद्वारा नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा काठमाडौं।जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ। जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ। जापानका विदेशमन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा नेपाललाई खोप दिने घोषणा गरेका हुन्। जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत ती खोप उपलब्ध गर्न लागेको हो। मध्य जुलाई देखि अगष्ट महिनाभित्र खोप नेपाल आइपुग्ने नेपालका लागि जापानी राजदूत किकुता यातकाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्