जापानले नेपाल लगायतका देशलाई १ करोड १० लाख डोज कोरोना खोप दिने काठमाडौं। जापानले यसै महिना भित्र नेपाल लगायतका देशलाई १ करोड १० लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ। जापानका विदेश मन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका र केही पेसिफिक क्षेत्रमा रहेका द्वीप राष्ट्रहरूलाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। जापानले कोभ्याक्स मार्फत ती खोप उपलब्ध गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्