मंगलबारबाट कोरोनाविरुद्धको भेरोसेल र जोन्सन एन्ड जोन्सन खोपको वितरण सुरु काठमाडौं। सरकारले मंगलबारबाट चीनबाट खरिद गरी ल्याएको भेरोसेल र अमेरिकाबाट अनुदान प्राप्त जोन्सन एन्ड जोन्सनको वितरण सुरु गर्ने भएको छ। भेरोसेल ५५ वर्ष र सो माथिकासँगै विश्वविद्यालय, विद्यालयका शिक्षक र कर्मचारी, यातायात चालक र सहचालकलाई लगाइने छ भने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्षका नागरिक, अति असक्त अपाङ्गता भएका व्यक्ति र नेपालमा रहेका शरणार्थीलाई लगाइनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्