पाँचथरको यासोकमा आँखा उपचार केन्द्र स्थापना हुने काठमाडौं। पाँचथरको कुम्यायक गाउँपालिकाको सेवाकेन्द्र यासोक बजारमा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ। नेपाल नेत्रज्योती संघ ताप्लेजुङ शाखा र कुम्मायक गाउँपालिकाबीच आँखा केन्द्र स्थापनाको लागि सम्झौता भएको हो। सम्झौताअनुसार आर्थिक वर्ष २०७८/०७९ मा आँखा उपचार केन्द्र स्थापना भइसक्नुपर्नेछ । पाँचथरमा जिल्ला अस्पतालस्थित आँखा उपचार केन्द्रबाहेक अन्यत्र आँखाको परीक्षण तथा उपचारसम्बन्धी व्यवस्था छैन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्