अमेरिकी राजदूतले हस्तान्तरण गरे प्रधानमन्त्रीलाई १५ लाख बढी खोप काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्‍ यान्डी बेरीले अमेरिकी अनुदानमा आज काठमाडौं आइपुगेको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार पुगी हस्तान्तरण गरेका छन्। अमेरिकाले कोभ्याक्स मार्फत ती खोप नेपाललाई अनुदानको रूपमा उपलब्ध गराएको हो। यो खोप एक डोज मात्र लगाए हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्