राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्नेछैनौँः अमेरिकी राजदूत बेरी काठमाडौं।नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज अमेरिकाबाट काठमाडौं आइपुगेको जोन्सन एण्ड जोन्सनको खोप अमेरिकी जनताको तर्फबाट निःशुल्क उपचार भएको बताएका छन्।१५ लाख ३४ हजार ८५० मात्रा खोप काठमाडौं आएपछि बेरीले भनेका छन्,“राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्नेछैनौँ। यो जीवनरक्षासँग जोडिएको विषय हो।”अमेरिका नेपालको कोभिड–१९ प्रतिकार्यमा सहयोग प्रदान गर्ने सबैभन्दा ठूलो दातृराष्ट्र भएको दाबी समेत उनले गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्