२९ देशमा फैलिएको कोरोनाको लैम्ब्डा भेरियन्टको जोखिम चिन्ताजनक एजेन्सी। निरन्तर नयाँ भेरियन्ट देखिरहेको कोरोना भाइरसको लैम्ब्डा भेरियन्टको जोखिमले फेरि विभिन्न देशलाई गम्भीर चिन्तामा पारेको छ। हालसम्म २९ देशमा यो भेरियन्टका संक्रमितहरु देखिएका छन्। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई पनि चिन्ताजनक भनिसकेको छ। संगठनकाअनुसार पछिल्लो समय फेरि कोरोना संक्रमण फैलिनुमा यो भेरियन्ट जिम्मेवार देखिएको छ। पेरुमा पहिलो पटक देखिएको यो भेरियन्टले त्यहाँ कुल संक्रमितमध्ये ८० प्रतिशतलाई संक्रमित बनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्