विर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको नवनिर्मित भवन उद्घाटन काठमाडौं। वीर अस्पतालस्थित कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सो भवनको उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको मुख्य प्राथमिकतामा जनताको जीवन रक्षा रहेको बताए। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रा डा जागेश्वर गौतमले नयाँ भवनले कोभिड १९ विरुद्धको लडाइँ जित्न सहज हुने विश्वास व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्