बाढीपहिरोका कारण बढ्न थाल्यो पानीजन्य रोगको सङ्क्रमण मनाङ। हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन्। हाल अस्पतालमा पानीजन्य रोगका बिरामीको संख्या बढ्न थालेको जिल्ला अस्पतालकी डा. प्रतिभा गौलीले बताइन्। बाढीपहिरोले खानेपानीका पाइप र मुहान बगाएपछि जिल्लामा शुद्ध पिउने पानीको अभाव भएको हुन थालेपछि आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ। त्यसले गर्दा कोभिडसँगै पानीजन्य रोग फैलिने चिन्ता बढेको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्