खेलाडीको स्वास्थ्य उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीको स्वास्थ्य उपचारका लागी राष्ट्रिय ट्रमा सेन्टरसँग सम्झौता गरेको छ। सम्झौताअनुसार सेन्टरले खेलाडीका लागि २४सै घण्टा इमर्जेन्सी, रक्तसञ्चार, फार्मेसी, रेडियोलोजी÷इमेजिङ, प्याथोलोजी ल्याब सेवा, शल्यक्रिया,अर्थोपेडिक तथा ट्रमा सर्जरी,वर्न प्लाष्टिकलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा सामाजिक सेवा एकाईमार्फत औचित्य हेरी सहुलियतपूर्ण तवरले उपचार गर्नेछ। सेन्टरले सरकारको निर्देशन बमोजिम गरीब तथा विपन्नको जटील उपचारसमेत गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्