९९.९९ प्रतिशत कोरोना संक्रमित बालबालिका सजिलै निको हुन्छन् : अध्ययन एजेन्सी। एक अध्ययनले संक्रमित बालबालिकामा कोरोनाको जोखिम ज्यादै न्यून रहने देखाएको छ। बेलायतको ब्रिस्टल विश्वविद्यालयले गरेको अध्ययनमा संक्रमित बालबालिका निको हुने दर ९९.९९ प्रतिशत रहेको दाबी गरिएको छ। सन्२०२० मार्चदेखि २०२१ फेब्रुअरीसम्म गरिएको अध्ययनमा बेलायतमा चारलाख ६९ हजार बालबालिका संक्रमित भएका पाइएको थियो। संक्रमितमध्ये २५जनाको मृत्यु भएको थियो। प्रत्येक पचास हजार कोरोना संक्रमित बालबालिकामध्ये एकजनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्