चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो काठमाडौं। चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बिहान भेरोसेलको आठ लाख डोज खोप लिएर आएको हो। नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको ४० लाख मात्रा खोप ६ पटक गरेर नेपाल ल्याइनेछ। स्वास्थ्य सेवा विभागले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जनाएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्