ललितपुर महानगरपालिकामा कोरोना खोपको दोस्रो डोज असार २७ र २८ गते लगाइने काठमाडौं। ललितपुर महागरपालिकामा कोरोना खोप (भेरोसेल) दोस्रो डोज असार २७ र २८ गते लगाइने भएको छ। महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए। ती दिन ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइनेछ। महानगरपालिकाका २९वडामै खोप केन्द्र राखिनेछ। पहिलो मात्राको खोप लगाएलाई कार्ड अनिवार्य साथमा लिएर आउन आग्रह गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्