‘भेरोसेल’ को दोस्रो डोज लगाउन आजदेखि सुरु काठमाडौं। सरकारले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज आजदेखि ज्येष्ठ नागरिकलाई लगाउन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’को दोस्रो मात्राको खोप लगाइरहेको छ। खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको स्थानमा लगाइने छ। करीब पाँच लाख जनालाई भेरोसेलको दोस्रो डोज दिइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्