टोखाले तीन हजारको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने काठमाडाैं।टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदुषणका कारणले बढ्दै गएको उच्च रक्तचाप,मधुमेह, मुटु तथा मिर्गौला रोग र अर्बुधरोगलगायतका नसर्ने रोगको निःशुल्क परीक्षणका लागि ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’सञ्चालन गर्ने उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्