अबको १८ दिनमा चीनबाट ४० लाख डोज कोरोना खोप आउने काठमाडौं।अबको १८ दिनमा चीनबाट ४० लाख डोज कोरोना खोप नेपाल आउने भएको छ।जुलाई ८ देखि २३ को बीचमा उक्त खोप नेपाल आईपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए।खोप लिन जानका लागि नेपाल एयरलाइन्सले उडान तालिका समेत सार्वजनिक गरेको छ।खोप नेपाल एयरलाइन्सको ६ उडानमा बेइजिङबाट काठमाडौं ल्याइने छ।उडान जुलाई ८, ९, १५,१६, २२ र २३ का दिन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्