जर्मनीमा कोरोना खोपको मिक्स डोज लगाउन सुझाव एजेन्सी।जर्मन सरकारले आफ्ना नागरिकलाई कोरोना खोपको मिक्स डोज लगाउन सुझाव दिएको छ।अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज फाइजर या मोर्डेनाको लगाउन भनिएको छ।जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना खोपको मिक्स डोज लगाइसकेकी छन्।मिक्स डोज चार साता वा सोभन्दा बढी समयको अन्तरमा लगाउनसमेत जर्मन सरकारले अनुरोध गरेको छ।खोपको मिक्स डोज लगाउँदा प्रतिरोधात्मक क्षमता छिटो र राम्रो बन्ने विश्वास गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्