डोटीमा फेरि थपियो निषेधाज्ञा काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि डोटीमा फेरि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले असार ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि लम्ब्याएको हो। निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो बनाइएको जनाइएको छ। सो अवधिमा फलफूल तथा खाद्यसामग्रीको पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११बजेसम्म खोल्न पाइनेछ भने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्