चीनको सिनोफार्मसँग खोप खरिद सम्झौता, अब निरन्तर खोप आउने काठमाडौं। खोप खरिदमा सरकारले ठूलो फड्को मारेको छ। सरकारले चीनको साइनोफार्मसँग कोरोना खोप खरिद सम्झौता गर्दै अब निरन्तर खोप आपूर्ति गर्ने भएको छ। यसको सुरुवात असार २४ गतेबाट गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सो दिन १० लाख डोज कोरोना खोप लिन नेपाल एयरलाइन्सको जहाज चीनको बेइजिङ जाने छ। खोप साप्ताहिक रुपमा विभिन्न चरणमा ल्याइने मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्