इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन सुरु एजेन्सी। इन्डोनेसियाको सरकारले यहाँका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोनाका विरुद्धको खोप लगाउन सुरु गरेको छ। ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै सुरु गरिएको बताइएको छ। एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवाता गरिएको बताइएको छ। आज सो विद्यालयका एकसय जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्