अर्को भारतीय खोपले माग्यो आपतकालीन प्रयोगको अनुमति एजेन्सी। भारतको अहमदाबादस्थित फर्मा कम्पनी जायडस कैडिलाले बनाएको कोरोना भाइरसविरुद्धको खोप ‘जायकोभ–डी’ को आपतकालीन प्रयोगका लागि भारतको औषधि महानिन्त्रक (डीसीजीआई)सँग अनुमति मागेको छ। यो खोपले अनुमति पाएमा भारतमा जोयकोभ–डीले प्रयोग अनुमति पाएमा कोरोनाविरुद्ध प्रयोग गर्न पाँच वटा खोप हुनेछन्। यसअघि कोभ्याक्सिन, कोभिशिल्ड, स्पुतनिक–भी, मोडेर्नाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन्। जायकोभ–डी बच्चाहरुका लागि समेत उपयोगी हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्