कोभिशिल्ड लगाउनेले युरोपका सात देशमा पाए यात्राको अनुमति एजेन्सी। भारतमा निर्मित कोरोनाविरुद्धको खोप कोभिशिल्डलाई युरोपका सात देशले मान्यता दिएका छन्। ती सात देशमा अष्ट्रिया,जर्मनी,स्वीट्जरल्याण्ड, स्लोभेनिया,ग्रीस,आइसल्याण्ड र स्पेन रहेका छन्। यी सात देशले कोभिशिल्ड लगाउनेलाई आफ्नो देश प्रवेश दिने जनाएका छन्।कोभिशिल्ड खोप अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको हो। यसलाई भारतमा सिरम इन्स्टीच्युट अफ इण्डियाले उत्पादन गरेको छ।युरोपका सात देशले कोभिशिल्डलाई मान्यता दिए पनि युरोपेली युनियनले भने हालसम्म मान्यता दिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्