दुई दर्जनभन्दा बढीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस, वैकल्पिक औषधिको भरमा बिरामी बीबीसी। भारतमा कोभिडका बिरामीमाझ प्रकोपका रुपमा देखिएको म्यूकोर्माइकोसिस नेपालमा पनि पुष्टि भएको छ। देशभर हालसम्म २६ जना बिरामीमा सो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मात्रै जेठ ३ गतेयता १३ जना भर्ना भएको अस्पतालले बताएको छ। अस्पतालकाअनुसार गएको शनिबारमात्रै थप दुईजना बिरामी भर्ना भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्