अमेरिकी नेसनल इन्स्टीच्युट अफ हेल्थको दाबी– कोभ्याक्सिन डेल्टा भेरिएन्टमाथि पनि प्रभावकारी बीबीसी।अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)ले भारतीय कम्पनी भारत बायोटेकद्वारा विकसित कोरोना खोप ‘कोभ्याक्सिन’ कोरोनाको अल्फा र डेल्टा दुवै भेरिएन्टविरुद्ध प्रभावकारी रहेको बताएको छ।आफूले गरेको अध्ययनले दुवै भेरिएन्टविरुद्ध कोभ्याक्सिनले काम गरेको देखिएको एनआइएचले जनाएको छ। एनआइएचले कोभ्याक्सिनलाई सुरक्षित खोप समेत बताएको छ।पछिल्लो समय कोरोनाको नयाँ भेरिएन्टमा हाल प्रयोगमा आएका खोप प्रभावकारी नहुने हुन् की भन्ने शंका गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्