भेनेजुएलामा कोरोना विरुद्धको व्यापक खोप अभियान सुरु रासस। भेनेजुयलाका स्वास्थ्य अधिकारीहरुले राजधानी काराकासमा कोरोना विरुद्धको व्यापक खोप अभियान सुरु गरेका छन्। यस खोप अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरिएको छ। यो खोप पहिलो डोजमै निकै प्रभावकारी रहेको बताइएको छ। हालै मात्र क्युबाले भेनेजुयलाको स्वास्थ्य मन्त्रालयसँग एक करोड २० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको थियो। सम्झौताअनुसार चार महिनाभित्र खोप उपलब्ध गराइने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्