उच्च गुणस्तरको माक्सले कोभिड संक्रमण रोक्न सक्ने बीबीसी। स्वास्थ्यकर्मीले प्रयोग गर्ने माक्सले कोरोना संक्रमण रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्ने एक अध्ययनले देखाएको छ। केम्ब्रिज विश्वविद्यालय अस्पताल एनएचएस फाउण्डेशन ट्रस्टको अध्ययनले एफएफपीथ्री हभनिने उच्च गुणस्तरको माक्सले शतप्रतिशतसम्म सुरक्षा दिने बताएको हो। तर साधारण सर्जिकल माक्स लगाउने स्वास्थ्यकर्मीमा भने तुलनात्मक रुपमा भाइरसको संक्रमण हुने जोखिम उच्च हुन्छ। कोभिडको नियमित परीक्षणमा सहभागीको तथ्यांकको आधारमा सो निष्कर्ष निकालिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्