कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल रासस। कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालहरु पूर्वतयारीमा जुटेका छन्। बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी शुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए। उनकाअनुसार तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिनुअगावै आवश्यक पूर्वाधार, स्वास्थ्यसामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्