‘शुल्क लिई कोरोना खोप उपलब्ध गराउनेमाथि कारबाही हुन्छ’ काठमाडौं। सरकारले कोरोना बिरुद्धको खोप शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्रअनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन अनुरोध गरेका हुन्। उनले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेका छन्। शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारवाही गरिने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्