क्यानडाद्वरा २७ भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण काठमाडौं।मित्रराष्ट्र क्यानडाले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच नेपालस्थित क्यानडेली वाणिज्यदूत बुद्ध बस्न्यातले ती सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन्।क्यानडाले प्रदान गरेको स्वास्थ्य सामाग्रीमा २७ भेन्टिलेटर,१५ हजार ४८ थान फेस शिल्ड्स र १ हजार ८९० वटा गाउन्स रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्