कोरोनाको सबैभन्दा बढी संक्रामक भेरिएन्ट ‘डेल्टा’ खोप नलगाएकामा फैलदैः डब्लुएचओ काठमाडौं।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अडानोम गेयब्रेससले कोरोनाको सबैभन्दा बढी संक्रामक भेरिएन्ट ‘डेल्टा’ भाइरस खोप नलगाएकाहरुमा तीव्र गतिमा फैलिएको बताएका छन्। उनले डेल्टा भेरिएन्ट विश्वका ८५ देशमा भेटिएको जनाए। कोरोनाको अहिलेसम्म देखिएका भेरिएन्टमा डेल्टा सबैभन्दा बढी संक्रामक भएको दाबी उनले गरे। डेल्टा भेरिएन्ट सबैभन्दा पहिलो पटक भारतमा भेटिएको थियो। यो भेरिएन्ट विश्वभर फैलने उनले चिन्ता व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्