हरिसिद्धि नाचका लागि महानगरको २५ लाख काठमाडौं। ललितपुर महानगरपालिकाले हरिसिद्धि नाचका लागि २५ लाख सहयोग गरेको छ। महानगरका प्रमुख चिरीबाबु महर्जनले नाचको संरक्षणका लागि हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई सो रकम हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै महर्जनले सभ्य समाजको निर्माणका लागि जात्रा तथा पर्वहरुलाई निरन्तरता दिनुपर्ने बताए। त्यस्तै महानगरले खोकनाको सिकाली नाच संरक्षणका लागि पनि २५ नगद हस्तान्तरण गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्