लेबनानमा खटिएका नेपाली शान्ति सेनाले स्थानीय अस्पताललाई दियो १२ वटा अक्सिजन मेशिन काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसन अन्तर्गत लेबनानमा खटिएको नेपाली शान्ति सेनाले त्यहाँको नगरपालिकालाई १२ वटा अक्सिजन मेशिन प्रदान गरेको छ। स्थानीय मिडियाका अनुसार नेपाली सेनाले मेसल जावेल नगरपालिकाका पदाधिकारीलाई ती अक्सिजन मेशिन हस्तान्तरण गरेका हुन्। नगरपालिकाले ती अक्सिजन मेशिन त्यहाँको सरकारी अस्पताललाई उपलब्ध गराएको छ। कोरोना महामारीविरुद्धको लडाईमा लेबनानलाई सहयोग स्वरुप ती स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्