जेष्ठ नागरिकलाई असार २२ गतेदेखि भिरोसेलको दोस्रो डोज लगाइने काठमाडौं। ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई असार २२ गतेदेखि भिरोसेलको दोस्रो डोज लगाइने भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार भिरोसेलको पहिलो डोज लगाएका तर विविध कारण दोस्रो डोज लगाउन छुटेकालाई समेत दोस्रो डोज लगाइनेछ। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभरका ३ लाख ७० हजार जेष्ठ नागरिकलाई भिरोसेलको पहिलो डोज लगाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्